दफा ८
समन्वय समिति
(१) कर्मचारी समायोजन सम्बन्धमा समन्वय तथा अनुगमन गर्न देहाय
बमोजिमको एक समन्वय समिति रहनेछ ः(
(क) मुख्य सचिव –संयोजक
(ख) सचिव, सेवा सञ्चालन गर्ने निकाय –सदस्य
(ग) मन्त्रालयको सचिव –सदस्य सचिव
(२) समन्वय समितिमा आवश्यकता अनुसार प्रदेशको सम्बन्धित प्रमुख प्रशासकीय
अधिकारी, सम्बन्धित स्थानीय तहको प्रशासकीय प्रमुख र सम्बन्धित विज्ञलाई आमन्त्रण गर्न
सकिनेछ ।
(३) समन्वय समितिले आफ्नो कार्यविधि आफैँव्यवस्थित गर्नेछ ।
(४) समन्वय समितिको अन्य काम, कर्तव्य र अधिकार तोकिए बमोजिम हुनेछ ।